दफा ३५२
फलोपभोग (युजुफ्रुक्ट) को व्यवस्था भएको मानिने

(१) कसैले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति, त्यसबाट प्राप्त हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा अर्को व्यक्तिले प्रयोग गर्न सक्ने गरी निःशुल्क रूपमा दिएकोमा फलोपभोगको व्यवस्था भएको मानिनेछ ।
(२) फलोपभोगको व्यवस्था सम्बन्धित व्यक्तिहरू बीच भएको करार बमोजिम हुनेछ ।